top of page

हजुरबा

  • Writer: Aavaas
    Aavaas
  • Apr 25, 2018
  • 1 min read

१. हजुरबा प्राय बस्नुहुन्थ्यो मौन बरु बोल्थ्यो टुप्पीसमेत ढाक्न असमर्थ उहाँको शिरको टोपी भन्थ्यो- भवप्रसादले थाप्लोमा बोकी हिंडे परिवारको सिंगो आकाश र बनाए मेरो यस्तो हाल ।

२. शशी शाहका क्यानभासले बोके झैँ घोडै घोडाका अनगिन्ती आवेग हजुरबाको निधारले जीवनभर वाचन गरिरह्यो नाम्लै नाम्लोको महाकाव्य ।

३. अझै खोजिरहेछु- प्रत्येक साँझ बिहान पञ्चशिखाको आचमनसँगै जपिने हजुरबाको ॐ भूर्भुव स्व: ... र जनैको शिखा जस्तै गाँठा परेका उनका पिडौंलाका नसाबीचको तादात्म्य ।

४.

अहिलेको हावा

उबेलाको जस्तो छैन सायद हजुरबासँगै पछिपछि गयो करेसाको डिलमा फल्ने डल्ले खुर्सानीको मगमगाउदो बासना

५. हजुरबाबाटै सुनेको त हो- मान्छे संसारबाट गएपछि सम्झना पनि भुईँकुहिरो जस्तै हुन्छ ।

 
 
 

Recent Posts

See All
धरहरा उवाच

१. म भुईंचालोको मारमा परेको त्यस्तो घाइते जसको भाँचिएको मेरुदण्डसँग जोडिएका छन् लाखौंलाख छनाहरूका करङ । २. उहिले उहिले सिँगै छँदा म आफैँ...

 
 
 

Comments


bottom of page