top of page

नयाँ वर्ष

  • Writer: Aavaas
    Aavaas
  • Apr 14, 2018
  • 1 min read


वैशाखै पिच्छे पलाउछन् सपनाका हाँगा हाँगामा अनगिन्ती नयाँ पालुवा


निरन्तर गाउछन् तिनका सामु कोइली, मैना, कोकले र अनेकौं चराले आदिम, अमूर्त, उनै पुराना पुराना गीत


पालुवाको संसारमा एक निमेष पनि छाउन पाउदैन मौनता

अनवरत केही न केही सुसेली राख्छ बतास


कतै भेटिहाले भने चिल्ला पालुवाले छिनभरको शून्यसमय

बेर छैन नव निर्वाचित सांसदले झैँ उठाउन एकसाथ आफ्ना सफा, हरिया हात र सोध्न मान्छेका बस्तीतिर फर्केर एउटा प्रश्न-


मान्छे हो ! खासमा यो 'नयाँ वर्ष' भनेको कुन चराको नाम हो ?

 
 
 

Recent Posts

See All
धरहरा उवाच

१. म भुईंचालोको मारमा परेको त्यस्तो घाइते जसको भाँचिएको मेरुदण्डसँग जोडिएका छन् लाखौंलाख छनाहरूका करङ । २. उहिले उहिले सिँगै छँदा म आफैँ...

 
 
 
हजुरबा

१. हजुरबा प्राय बस्नुहुन्थ्यो मौन बरु बोल्थ्यो टुप्पीसमेत ढाक्न असमर्थ उहाँको शिरको टोपी भन्थ्यो- भवप्रसादले थाप्लोमा बोकी हिंडे परिवारको...

 
 
 

Comments


bottom of page