top of page

सपनाको बिउ

  • Writer: Aavaas
    Aavaas
  • Jan 28, 2018
  • 1 min read


उतिखेर तिमीले गरेथ्यौ मीठा मीठा बास्ना र मुलायम फलका कुरा


कुरै कुरामा- गमलामा रोप्नू ! भनेर दिएथ्यौ केही दाना बिउ


र साथै भनेथ्यौं- 'एकदिन यिनै बिउबाट उम्रनेछन् स्वप्निल वृक्ष र यथार्थमै फल्नेछन् तिनका हाँगामा सपनाका सुन्दर फल'


विश्वासका साथ उतिखेरै मैले रोपेथेँ गेरुवा रङका आफ्नै गमलामा तिमीले दिएका तिनै चिल्ला र मिहिन बिउका दाना


आज झुक्किएर उक्लिन पुगेछु उही गमला सजाएको बार्दली


तिमीलाई थाहा छ ? अहिले म एकनास टोलाएर हेरिरहेछु गमलामा हुर्कँदैगरेको अकल्पनीय दृश्य


देखिरहेछु- सुस्त बतासमा बयली खेलिरहेछन् मारिजुआनाका लहलहाउँदा केही हरिया बोट !


Pix: www.saludconsultas.com

Comments


bottom of page