top of page
  • Writer's pictureAavaas

'बाबा मलाई'को रचना सन्दर्भ

Updated: Jan 9, 2018

गीत, कविता सुन्ने, पढ्ने र अनुभूत गर्ने विषय हुन् । व्याख्या गर्ने विषय होइनन् तर कुनै कुनै गीत र कविता सुन्दा, पढ्दा तिनको सृजनागर्भको बारेमा पनि जानकारी भए श्रोता र पाठकलाई ती रचनामार्फत् समाजमा रहेका अनेकौं सामजिक चरित्र पर्गेल्न सजिलो हुन्छ जस्तो लाग्छ । त्यसैले यो गीतको रचनागर्भ उल्लेख गर्नु सान्दर्भिक ठानेँ । मानव समाजमा रहेका सबै मान्छेहरूको मानसिक चरित्र एउटै खालको हुँदैन । तिनको चेतको निर्माणको पृष्ठभूमि पनि भिन्दै हुन्छ । यस गीतमा गीतकारले समाजको एउटा त्यस्तै अकल्पनीय चरित्रलाई छोरी भएर सम्वोधन गरेका छन् ।



गीतकार, कवि श्रवण मुकारुङ दुई सुन्दर छोरीका पिता पनि हुन् । उनका आँखा एकदिन त्यस्तो समाचारमाथि परे; जसले उनको अन्तरमनमा १५ रेक्टर स्केलको भन्दा ठूलो भूईंचालो गयो । त्यो समाचार थियो- 'बाबुबाट छोरीको हत्या' सम्बन्धमा । यो गीत मानव समाजका तिनै बिद्रूप 'बाउ'हरूको अकल्पनीय मानसिकताले निम्त्याएको अमानवीय दूर्घटनाबाट उत्पन्न अवस्थामाथिको मानवीय प्रतिक्रिया हो ।


मैले संगीत गर्दा पनि गीतकारले अनुभूत गरेको त्यही गहिराइमा प्रवेश गर्ने प्रयास गरेको हुँ । मीनाले गाउँदा पनि श्रवणका शब्द र मैले बुनेको धुनको गहिराइलाई छुने सद्प्रयास गरेकी छन् !

26 views0 comments
bottom of page