Aavaas

Jan 24, 20181 min

दृश्य

उहिले
 
माटो मलिलो पार्न
 
खटेका थिए अनेकौं गड्यौला

अहिले
 
लटरम्म बनेको छ
 
बेलौतीको बोट
 

 
घमाइलो हाँगामा बसेर
 
फल चपाइरहेछ एउटा छिरबिरे छेपारो

फेदको धुलोमा
 
पानी बिना छटपटाइरहेछन्
 
अनेकौं माटोकोरे गड्यौला !

pix from:- https://pixabay.com

    110
    0